२०८१ बैशाख ६ , बिहिवार

नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

सुनाखरी न्युज/ काठमाडौं । कोभिड महामारीपछि विश्वमा पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण नेपालमा महिला कामदारहरुले ठूलो चुनौती सामना गरिरहेका छन् । जब संसारभरका मानिसहरू आफ्नो घरमा थन्किएर बस्न बाध्य भए, महिला उद्यमीहरूलाई उनीहरूलाई जिम्मेवारीले बाच्नका लागि संघर्ष गर्न र आफ्नो प्राथमिकताहरू परिवर्तन गर्न विवश बनायो ।

 

यसले महामारीको समयमा धेरै महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय बन्द गर्न निम्त्यायो । यद्यपि, केहि महिलाहरूले यी चुनौतीहरूलाई सामना गर्दै अरूलाई प्रेरित गर्ने अवसरमा परिणत गरे । भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबै लिङ्गहरूलाई समान रूपमा कदर गर्दै परिवर्तनलाई अघि बढाउने सबै महिलाहरूलाई प्रोत्साहित गर्ने आफ्नो विचारलाई उजागर गर्दै आइरहेको छ । भिभोले आफ्नो “बेन्फेन” अर्थात “सही कामहरु गर्ने र सही तरीकाले गर्ने” मिशनमा जोड दिँदै आएको छ । यसरी, महिलाहरुको भलाइका लागि प्रविधि निर्माण गरेर समाजमा महिलाहरूलाई सशक्तिकरण गर्न भिभो प्रतिबद्ध छ । निरन्तर प्राविधिक विकास र नवप्रवर्तनको माध्यमबाट उनीहरूले महिलालाई प्रभाव पार्न र सशक्तिकरण गर्न सक्छन् भन्ने विश्वास भिभोको छ । तसर्थ, उनीहरू समाजमा समतामूलक वृद्धि सुनिश्चित गर्न आवश्यक परिवर्तन ल्याउन निरन्तर प्रयासरत छन् । देशमा उद्यमशीलता र दीर्घकालीन आर्थिक स्थायित्वलाई सहयोग गर्ने प्रयासमा भिभोले ग्रामीण महिलाहरुको जीवनमा प्रभाव पार्न ठूलो काम गरेको छ । यसले महिलाहरूलाई व्यवसायीहरूसँग जोड्न, व्यापार सम्बन्ध स्थापना गर्न र समाजमा परिवर्तन ल्याउन मद्दत ग¥यो ।

 

नेपालमा महिलाहरूमा भिभोले गरेको प्रभावलाई प्रतिबिम्बित गर्न यहाँ केहि उदाहरणहरू छन्ः
विमला खतिवडाको पूर्वी नेपाल – धरानमा एउटा पसल छ, जुन पूर्ण रुपमा महिलाले मात्र चलाउँछन् । उनले २०६८ सालमा मोबाइल व्यवसाय सुरु गरेकी हुन् । त्यतिबेला न कुनै महिलाद्वारा सञ्चालित पसलहरु थिए न पसलमा महिला कमचारी हुने गर्थे । अहिले पनि स्वतन्त्र रूपमा मोबाइल पसल चलाउने महिला धेरै छैनन् । सुरुवाती दिनहरूमा, ग्राहकहरूले लैङ्गिक समानता र स्टिग्माका कारण उनको सीप र ज्ञानमा शंका गर्थे । तर चाँडै परिदृश्य परिवर्तन भयो र उनीलाई ग्राहकहरुले एक प्रोफेशनलको रुपमा चिन्न थाले र उनी यस क्षेत्रमा एक प्रमुख व्यवसायी बन्न सफल भइन । यस क्षेत्रमा महिलाहरूका लागि कुनै विशेष सुविधा नहुँदा पनि उनी यस क्षेत्रमा भिभोका लागि शीर्ष व्यापारीहरूमध्ये एक भइन् । यी सबै वर्षहरूमा, भिभोले उनलाई हरेक उत्तरचढावमा समर्थन गरेको छ, उनको व्यवसायको वृद्धि गर्न र यस उद्योगमा आफ्नो पहिचान बनाउन मद्दत गरेको छ । उनी महिला उद्यमीहरूलाई आईटी उद्योगमा सामेल हुन उत्प्रेरित गर्छिन् किनभने यो एक उच्च प्रतिफल दिने क्यारियर छनौट हो ।

 

अनिता श्रेष्ठ काठमाडौं उपत्यकाको बाहिरी भेगकी एक महिला व्यवसायी हुन् । उनले विगत तीन वर्षदेखि भिभो स्मार्टफोन बिक्री गर्दै आइरहेकी छन् । महिला उद्यमी भएता पनि उनले त्यस्तो कुनै बाधा व्यवधानको सामना गर्नुपरेको छैन, तर स्मार्टफोन उद्योग अत्यधिक पुरुष प्रधान उद्योग भएको र अझै पनि यस व्यवसायमा धेरै महिलाको आवश्यकता रहेको उनको बुझाई छ । उनी भिभोबाट प्राप्त निरन्तर सहयोग र प्रोत्साहनको लागि धेरै आभारी छिन् । उनी महिला दिदीबहिनीहरुलाई आफ्नो बन्धन तोड्न र उद्यमशीलता मार्फत आफूलाई सशक्त बनाउन प्रोत्साहित गर्छिन् ।

 

नुनिता कायस्था बनेपामा पसल चलाउँछिन् । उनी विगत पाँच वर्षदेखि यस उद्योगमा छिन् र सुरुवाती दिनदेखि नै सक्रिय रूपमा भिभोसँग काम गरिरहेकी छिन् । उनले ब्रिहत अर्थतन्त्रका कारकहरू बाहेक अरू कुनै त्यस्ता समस्याको सामना गरेकी छैनन् तर स्मार्टफोन उद्योगमा महिलाहरूको सहभागिता स्पष्ट रूपमा धेरै कम भएको महसुस गर्छिन् । उनी भिभोबाट प्राप्त निरन्तर सहयोग र आफूलाई उच्च क्षमता र विकास गर्ने अवसर प्रदान गरेकोमा भिभोको प्रशंसा गरिन् । यो निरन्तर सहयोगले उनलाई आफू र आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट वित्तीय परिणामहरू मापन गर्न मद्दत गरेको छ । उनले युवा महिला उद्यमीहरूलाई उनीहरूको सीपमा विश्वास गर्न र आफैंमा काम गरिरहन आग्रह गर्छिन् । यी सबै उद्यमीहरू नेपालमा परिवर्तनकारी र महिला सशक्तीकरणका वास्तविक उदाहरण हुन् । यी महिलाहरूले पुरानो सामाजिक संरचनालाई पार गरेर समाजलाई विकास गर्ने र समृद्ध नेपाल बनाउने आशा जगाएका छन् । यो महिला दिवसमा भिभोले यी अग्रणी महिलाहरुको कदमप्रति गर्व गर्दै उनीहरुलाई अगाडि बढ्न र अरुलाई पनि हौसला दिन प्रोत्सहान गर्दछ ।