२०८१ बैशाख ८ , शनिवार

रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

 

माघ १३ गते नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वाेच्चको फैसलापछि रवि उपप्रधानसहित पार्टी सभापतिबाट पदमुक्त भएका थिए । सर्वाेच्चको फैसलासँगै रविले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।

 

त्यतिबेला सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रविले नागरिकता पुनः प्राप्ति नगरेको भन्दै फैसला गरेको थियो ।

यस्तो छ पूर्णपाठ: