२०८० चैत्र १६ , शुक्रवार

छक्कापञ्जा ४’को ‘सिरुपाते जुँगामा’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । हलमा प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को चर्चित गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक भएको छ । फिल्म रिलिज भएको चौथो दिनमा निर्माताले गीतलाई ल्याएका हुन् ।

 

फिल्म हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएपछि र रिलिज गर्न व्यापक मागपछि गीत सार्वजनिक गरेको निर्माता दीपकराज गिरीले बताए । गीतमा दीपक र बेनिशा हमाल फिचर्ड छन् । शब्द, लय र संगीतको कारण पनि अहिले धेरै दर्शकको मुखमा यो गीत झुण्डिएको छ । बाबुल गिरीको स्वर तथा संगीतमा रहेको गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन् । फिल्मभित्र यो गीतलाई दुई पात्रको सम्बन्ध स्थापनाका लागि प्रयोग गरिएको छ ।

 

हेमराज बीसी निर्देशित छक्कापञ्जा ४ मा दीपक र बेनिशासहित दीपाश्री निरौला, निर्मल शर्मा, नीर शाह, बुद्धि तामाङ, केदार घिमिरेलगायतको मुख्य भूमिका छ ।