२०८१ बैशाख ११ , मंगलबार

मनिष डाँगी वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

सुनाखरी न्युज/ काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मनिष डाँगी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

 

मनोनयनमा परेका बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारीलाई पछि पार्दै डाँगीले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेर साे अवार्ड डाँगीलाई हस्तान्तरण गरेको हो।

 

मछिन्द्र एफसीलाई ए डिभिजन लिगको उपाधि जिताएका डाँगीले विश्वकप छनोटमा एसियाकै हेभिवेट फुटबल राष्ट्र मानिने इराकविरुद्ध गोल गरेका थिए । उनले साफ च्याम्पियनिसपमा माल्दिभ्सविरुद्ध पनि निर्णायक गोल गरेका थिए ।