२०८० चैत्र १५ , बिहिवार

जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसि उपहार

सुनाखरी न्युज/ काठमाडौं । अनावश्यक खर्चहरु लाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुपप्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।

यसै क्रममा ललितपुर धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर रु. २५ लाखको समृद्ध जीवनबीमापोलीसी उपहार स्वरुपदिएकाहुन् । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ । प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवनबीमाको महत्वदर्साउँदै बीमाको आवश्यकता बुझि प्रभु लाइफलाई विश्वास गरीपोलिसि लिनुभएकोमा मगर दम्पतिलाईबधाई एवम्धन्यवाद ज्ञापन गर्नुभयो ।

पाटन शाखाका एजेन्सी म्यानेजर विजयकुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयर म्यान क्लब मेम्बर तथा MDRTश्याम चौलागाई, एजेन्सी अफिसर श्री गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।