२०८१ बैशाख १३ , बिहिवार

चांगन अटोको” चांगन एक्स्चेन्जका र्निवल” अफर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । चांगन अटो नेपालले फाल्गुपुर्णिमा तथा होली लाई लक्षित गरी “ग्रान्ड एक्स्चेन्ज कार्निवल” अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकबर्गहरुले आफ्नो कुनै पनि कम्पनि को सवारी साधनको उचित मुल्यांकन पाउनुको साथै चांगनको प्रिमियम सेडान “ALSVIN” र यसै चांगनको प्रिमियम पिक-अप “HUNTER ” संग साट्न सक्नु हुनेछ।

 

ग्राहकवर्गहरु लाई यस अफर अन्तर्गत २.५ लाखसम्मको नगद छुट, २ लाख सम्मको एक्स्चेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बिमाको फाइदा उठाउनुहुन ग्राहक बर्गहरुमा जानकारी गरिन्छ।चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भए संगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ। चांगन अटो कम्पनीले चांगन गाडीको ग्राहकहरू लाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ।

ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि आफ्नो गाडीको उचित मुल्यांकन गर्न सक्नु हुनेछ। यसका साथै www.changannepal.com मार्फत बिस्तृत जानकारी लिनका साथसाथै टेस्टराइडको लागि बुकिङ पनि गर्न सक्नु हुनेछ। चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त गर्न सक्नुहुनेछ।