२०८१ बैशाख ८ , शनिवार

भुमिका गिरीले कसिन् लगनगाँठो

सुनाखरी न्युज/ काठमाडौं । चर्चित लोक गायिका भुमिका गिरी विवाह बन्धनमा बाँधिएकी छन् ।

 

सल्यानका हिजन बिष्टसँग उनले सोमबार परम्परागत विवाह गरेकी हुन् । उनको विवाह समारोह अहिले सल्यानमा चलिरहेको छ । विवाहमा दुबै तर्फका सिमित आफन्त र साथीभाइ सहभागी छन् ।भुमिका र हिजनले केही बर्षको प्रेमलाई पारिवारिक सहमतीमा विवाहमा परिणत गरेका हुन् ।

 

गायिका गिरीले विवाह अगाडि ब्याचलर पार्टी दिएकी थिइन् । सोही सिलसिलामा उनले पहिलो पटक आफ्नो विवाहको खुलासा गरेकी हुन् । गायिका गिरीको ‘देउरालीमा’, चोली मैलो भो’ लगायतका गीत हिट छन् ।