२०८१ बैशाख ११ , मंगलबार

नेयमारले यस सिजनको सबै खेल गुमाउने

सुनाखरी न्युज/ काठमाडौं । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमारले यस सिजनको सबै खेल गुमाउने भएका छन् ।

 

एन्कल इन्जुरीका कारण नेयमारले जारी सिजनको सबै खेल गुमाउने बीबीसीले उल्लेख गरेको छ । फ्रेन्च लिग वानअन्तर्गत लिललाई फेब्रुअरी १९ तारिखमा ४-३ ले पराजित गरेको खेलमा नेयमार घाइते भएका थिए । उनको एन्कल इन्जुरीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

 

३१ वर्षीय नेयमारले पछिल्ला वर्षहरूमा पटक पटक एन्कलको चोट बोकेका छन् र समस्या थप जटिल हुन नदिन शल्यक्रिया गर्न लागिएको बताइएको छ ।