२०८१ बैशाख ८ , शनिवार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँ कायम भएको छ। गत आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ काय भएको छ। गत आइतबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।