२०८१ बैशाख १३ , बिहिवार

मौसम : दिउँसाे पहाडी भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने

सुनाखरी न्युज/ काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मंगलबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

मंगलबार राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ। देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।