२०८० चैत्र १६ , शुक्रवार

आज तराईमा होली पर्व मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।

 

सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।

 

पहाडी क्षेत्रमा मनाइएकाे भाेलिपल्ट मात्र तराईका जिल्लाहरूमा हाेली पर्व मनाइन्छ । मनाउने तरीका समेत फरक र सांस्कृतिक माैलिकता झल्किन्छ ।