२०८० चैत्र १५ , बिहिवार

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं ।काठमाडौं उपत्यकामा उच्छृङ्खल तवरले होली खेलेको आरोपमा दुई सय १८ जना पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने बताइएको छ ।