२०८१ बैशाख ७ , शुक्रवार

बैंकबाट लिएको कर्जा तिर्नुपर्दैन भन्ने आवाजप्रति निजी क्षेत्रको आपत्ति

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो समय बैंकबाट लिएको कर्जा तिर्नुपर्दैन भन्ने आवाज सडकबाट उठ्न थालेको प्रति निजी क्षेत्रले आपत्ति जनाएको छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थाल्नु डर लाग्दो अवस्था भएको बताउनुभएको हो । हालै भएको एक सार्वजनिक कार्यक्रममा ढकालले समयमै यसलाई सम्बोधन गर्न नसके यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउने तर्फ पनि सचेत गराउनुभयो । उहाँले बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गर्नुभयो ।

 

बैंकको निक्षेप भनेको आम जनताको पैसा रहेको भन्दै उहाँले सस्तो लोकप्रियताका गैर जिम्मेदार अभिव्यक्ति नदिन सचेत गराउनुभयो । बैंकलाई मात्र गाली गर्ने र भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन उहाँले राजनितिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीसमक्ष आग्रह गर्नुभयो ।