२०८१ बैशाख १५ , शनिवार

सुन्दरी सृष्टि “मिस ब्युटिफुल नेपाल २०२३” को उत्कृष्ट ११ मा, भोट गर्दिन सबैमा अपिल

सुनाखरी न्युज/ काठमाडौं । दक्ष इन्टरनेशनलद्धारा आयोजित “मिस ब्युटीफुल नेपाल २०२३” को उत्कृष्ट ११ मा सृष्टि ढकाल परेकी छन । काठमाडौंको होटल रानी महलमा सञ्चालन भइरहेको “मिस ब्युटीफुल नेपाल २०२३” को प्रतियोगितामा मोडेल सृष्टि उत्कृष्ट ११ मा परेकी हुन् । 

 

 छोटो समयमा निकै चर्चामा रहेकी मोडेल ढकालले थुप्रै बिउटी प्याजेन्टहरुमा भाग लिएर सफलता हासिल गरेकी छिन् । मोडलिङ क्षेत्रमा केही गर्ने उद्देश्य बोकेर आएकी उनी “मिस ब्युटीफुल नेपाल २०२३” को ताज उचाल्न सकेमा मोडेलिङ क्षेत्रमा आफुले सहयोग गर्ने र दुःखी अनाथ बालबालिकालाई केयर गृहमा लगेर राखिदिने बताउँछिन् ।

 

उनले, ” सबै चेलीबेटीलाई आफुले आफ्नो उद्देश्य बारे स्पष्ट पार्दै आफ्नो लक्ष्यलाई पूरा गर्नुपर्छ भन्ने आवाज उठाउदै जाने समेत बताएकी छन । ” पारिवारिक साथ राम्रो पाएकी ढकालले आज आफू यो स्थानमा आईपुग्नुमा परिवारको ठूलो हात रहेको बताउछिन । उनी भन्छिन ,” म घरको जेठी छोरी हु, थुप्रै जिम्मेवारी हुन्छ तर जिम्मेवारी सङै परिवारले मलाई यस्तो बाहिरी क्रियाकलापमा पनि सहभागी हुनको लागि प्रेरित गर्नुहुन्छ, खुसी लाग्छ । ”

 

मिस ब्युटीफुल नेपाल २०२३ को ताज पहिरिन संघर्ष गरिरहेकी ढकालले अन्य १० जनासँग भिडनुपर्ने देखिन्छ । त्यसका लागि विभिन्न स्टेपमा विभिन्न अङक बटुल्दै जानुपर्ने हुन्छ । सबै राउन्डमा फरक–फरक नम्बर हुने गर्छन् र अन्त्यमा जोड्दा जस्को धेरै नम्बर आउँछ उसले नै मिस ब्युटीफुल नेपाल २०२३ को ताज पहिरिन्छ । अहिले यो प्रतियोगिताको ट्यालेन्ट शो समेत सम्पन्न भैसकेको छ भने फिनाले चैत ४ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

सृष्टि ढकाललाई भोट कसरी गर्ने ?

• ढकाललाई भोट गर्न “मिस&मिसिज ब्युटीफुल नेपाल” पेजमा अपलोड गरिएका कन्टेस्टेन्टहरुको फोटोहरु मध्ये कन्टेस्टेन्ट नम्बर ०७ मा गएर सृष्टि ढकाललाई लाइक, कमेन्ट अनि सेयर गर्ने, https://www.facebook.com/photo/?fbid=221961543547954&set=pcb.221961840214591

• आफ्नो मोबाइलको गुगलमा गएर गुगलमा ” ग्लोबल अनलाई पे ” मा गएर त्यहा विभिन्न ईभेन्टस हरु हुनेछन ती मध्य ” मिस ब्युटीफुल नेपाल २०२३ ” को ईभन्टमा थिची त्यहा भित्र गएर मिस ब्युटिफुलको क्याटेगोरीमा गएर ११ जना कन्टेस्टेन्टमध्ये कन्टेस्टेन्ट नम्बर ०७ मा सृष्टि ढकललाई आफूलाई मन लागेको जति पनि भोट गर्न पाइने, https://globalonlinepay.com/event-details-models/63f7073d396f02379d0139ee/63f7085c396f02379d0139f0

• आयोजक टिमद्वारा वितरण गरिएको टिकटहरुलाई खरिद गरिदिएर पनि ढकाललाई सहयोग गर्न सकिनेछ ।