२०८१ बैशाख १४ , शुक्रवार

डा. चन्द्र भण्डारीसँगको भेटघाटमा कडाइ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।

 

फागुन ३ गते बेलुका आफ्नै निवासमा ग्यास लिक भएर बलेको स्पार्कका कारण गम्भीर घाइते बनेका भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी रहेको हो । खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा.भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको पारिवारिक श्रोतले बताएको छ । चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन् ।

 

भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिन प्रसाद भण्डारी मुम्बईमा छन् । उनले उपलब्ध गराएको जानकारी अनुसार डा. भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ । अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा कडाईका साथ प्रतिवन्द्ध लगाएको उनले बताएका छन् ।