२०८१ बैशाख ८ , शनिवार

बेकोले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

सुनाखरी न्युज/ काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले फागुन १५ गतेदेखि सीमित अवधिका लागि सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।

 

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन्। नयाँ बेको एसीमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेको छ। यसका साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ। यो सुविधा र सर्भिस लिनका लागि ग्राहकले फोन नं. ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा ई–मेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनुपर्नेछ। यो सुविधा ग्राहकले घरमै बसी–बसी लिन सक्नेछ।

 

नेपाल अधिराज्यभर बेको ब्रान्डको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हातीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाण्डौबाहिर इटहरी, हेटौँडा तथा भरतपुरमा रहेका छन्।