२०८१ बैशाख १२ , बुधवार

क्रिकेट विश्वकप लिग-२ मा आज नेपाल र युएई भिड्दै

सुनाखरी न्युज/ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सोमबार नेपालले युएईको सामना गर्ने भएकाे छ । युएईको दुबईमा जारी पपुवा न्युगिनीसहितको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा सोमबार नेपालले घरेलु टोली युएईको सामना गर्न लागेको हो ।

दुबई स्पोर्ट्स सिटीमा नेपाली समय अनुसार सोमबार बिहान पौने १२ बजे यो खेल सुरु हुने भएकाे छ । श्रृंखलामा युएईसँगको पहिलो खेलमा नेपाल पराजित भएको थियो । सोमबारको खेलमा उक्त पराजयको बदला लिंदै नेपाल अंक तालिकामा युएईलाई उछिन्न चाहन्छ । लिग-२ मा ३१ खेलबाट युएईको ३१ अंक छ भने नेपालको ३० अंक रहेकाे छ । पुछारको टोली पिएनजीको ९ अंक मात्रै रहेकाे छ ।

 

यी ३ वटा टोलीले काठमाडौंमा हुने अर्को एउटा श्रृंखलामा ४–४ वटा खेल खेल्न बाँकी रहेकाे छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को तालिकामा सबै ३६ खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा रहेकाे छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ भने ३९ अंकसहित नामिबिया तेस्रो तथा ३५ अंकसहित अमेरिका चौथो स्थानमा रहेका छन् ।