२०८१ बैशाख १३ , बिहिवार

होली पर्वमा काठमाडौँ उपत्यकाका ६८ स्थानमा ट्राफिक चेक पोइन्ट

सुनाखरी न्युज/ काठमाडौं । होली पर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिभिन्न ६८ स्थानमा चेक पोईन्ट राख्ने भएको छ ।

 

त्यस्तै विभिन्न १९ स्थानबाट मोवाईल भ्यानले नियमित गस्ती समेत गर्ने भएको छ । होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उदेश्यले काठमाडौँ उपत्यकाका सबै नाका सहित विभिन्न स्थानमा सवारी चालकलाई लक्षित गरेर चेक पोईन्ट राख्ने भएको हो । होलीको बहानामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, हेलमेट नलगाई सवारी साधन चलाउने, मोटरसाईकलमा ३ जना यात्रा गर्ने र तीब्र गतिमा सवारी साधन चलाउने सवारी साधनका चालकलाई कारबाही गर्न लागिएको हो ।

 

त्यस्तै सवारी साधनको प्रयोग गरी रंग लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागु पदार्थ सेवन गरी सवारी साधन चलाउँने, लापरवाहिका साथ सवारी चलाउने लगायत विभिन्न ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई समेत चेकिङमा कडाइ गरी नियन्त्रणमा लिइने छ । त्यस्तै क्षमता भन्दा बढि यात्रु राखी सवारी साधन चलाउने, ठुलो आवाज निकाल्ने तथा मोडिफाई गरि सवारी साधन चलाउने, नम्बर प्लेट स्पष्ट नराख्ने, जथाभावी हर्न बजाउने लगायतका अन्य ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई समेत लक्षित गरेर चेकजाँच गरी नियन्त्रणमा लिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनु भयो । काठ्माडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलिलाई मर्यादित र व्यवस्थित तरिकाले मनाउन समेत सबैमा अनुरोध गरेको छ ।

https://fb.watch/j4oHciHTep/