२०७९ चैत्र ११ , शनिवार

आज पनि दुर्गा प्रसाईँको महाअभियानको प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समुहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा युवा व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको स्थानबाट शनिवारदेखि अभियान थालेको यो समुहले आज माइतीघरमा प्रर्दशन गरेको हो ।

 

संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको मागलाई मुख्य मुद्दा बनाएको यो समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको नारा दिएको छ । प्रदर्शनमा सहभागिले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनु पर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरेका छन् ।

 

पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट थालिएको प्रसाईँको अभियान देशका विभिन्न शहरमा हँुदै काठमाडौं आईपुगेको हो । महाअभियानले बैंकको व्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ ।