२०७९ चैत्र १९ , आइतवार

“बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाऊ भनेर निहुँ खोजेको हो ?”

thumb (1)

सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशको आलोचना गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन वर्षअघि दिएको राजनीतिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदाललते गरेको निर्णयप्रति नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रश्न उठाएका हुन् ।

सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी नेतृत्वको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको पनि बताएका छन् ।’माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निहुँ खोज्या होइन ?,’ उनले भने, ुतीन वर्ष अगाडिको भनेको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने रु मुद्दा लगाउर्ने भन्ने हो भने त्यो निहुँ खोज्या होइन रु जिस्किएको हैन ?’

 

यस्ता मुद्दामा माओवादी धारका पार्टीहरू एकजुट हुनुपर्ने भट्टराईको आह्वान छ ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले प्रधानमन्त्री दाहालविरुद्ध ज्ञानेन्द्रराज आरणसहित १५ जनाले दिएको एउटा र कल्याण बुढाथोकीसहित ८ जनाले दिएको अर्को गरी दुई वटा छुट्टाछुट्टै निवेदन दर्ता गर्न सर्वोच्चले सर्वोच्च अदालत प्रशासनलाई शुक्रबार आदेश दिएको थियो । निवेदनमा दाहाललाई पक्राउ गर्नुपर्ने माग गरिएको थियो । उक्त आदेशको पूर्वप्रधानमन्त्री भट्टराईले आलोचना गरेका हुन् ।