२०८१ बैशाख १४ , शुक्रवार

शाहरुख–दीपिकाकाे फिल्म पठानले बनायो अर्को एउटा रेकर्ड

सुनाखरी न्युज/ काठमाडौं । शाहरुख खान, दीपिका पादुकाेणको फिल्म पठानले कमाइको मामिलामा अर्को एउटा नयाँ रेकर्ड स्थापित गरेको छ । समाचार एजेन्सी पिटिआईका अनुसार फिल्म पठान हिन्दी सिनेमाको शीर्ष फिल्म बनेको छ । फिल्मले रिलिज पछि हालसम्म १०२८ करोड भारुभन्दा बढी कमाएको छ ।

 

यशराज फिल्म्सका अनुसार रिलिजको छैटौँ शुक्रवारको दिन फिल्मले एक करोडभन्दा बढी कमाएको छ । अन्य भाषामा पनि फिल्मको कमाई शुक्रवार २० लाखभन्दा बढी रह्यो ।यशराज फिल्म्सले भन्यो, ‘फिल्म पठानको भारतमा हालसम्म कुल कमाई ६४१ करोडभन्दा बढी छ र विदेशमा फिल्मले ३८६ करोड भारुभन्दा बढी कमाएको छ ।’ फिल्म ‘पठान’ ले हिन्दी भाषामा ५२९ करोडभन्दा बढी कमाएको छ ।फिल्मका निर्देशक सिद्धार्थ आनन्दले एक बयानमा भने, ‘यो अद्भुत हो कि फिल्म ‘पठान’ भारतको शीर्ष हिन्दी फिल्म हो । पठानले पाएको प्रेम ऐतिहासिक हो र बक्स अफिसको नतिजाले यो सबै कुरा बताइरहेको छ । फिल्मको निर्देशकको रूपमा मलाई गर्व छ कि मैले यस्तो फिल्म बनाएँ जसले पूरा विश्वका मानिसलाई मनोरञ्जन दियो ।’

 

फिल्म पठान सबैभन्दा तीव्र र सबैभन्दा बढी कमाउने हिन्दी फिल्म हो । यो फिल्म २५ जनवरीमा रिलिज भएको थियो । शाहरुख खानको फिल्म चार वर्षपछि रिलिज भएको थियो । यस वर्ष शाहरुखको फिल्म डंकी र जवान पनि रिलिज हुनेछ ।एजेन्सी