२०८१ बैशाख १५ , शनिवार

रोकिएन शेयर बजारको गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । केही दिन अघिदेखि निरन्तर रुपमा ओरोलो लागेको शेयरबजारमा आइतबार पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ ।

 

आज नेप्से ३३.७७ अंकले घटेर एक हजार ९ सय ३८ दशमलव २५ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २६.४८ अंकले बढेर एक हजार ९ सय ६९ दशमलव १ विन्दुमा बन्द भएको थियो । त्यस्तै, बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ३९ करोड २३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ३३ करोड ६३ लाख बराबरको कारोबार भएको थियो ।आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९६ कम्पनीको शेयरमूल्य घटेको छ ।

 

दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२८.९० रुपैयाँ पुगेको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ ।