२०८१ बैशाख ७ , शुक्रवार

“नाच्न मन लाग्यो मलाई” सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । आन्भी पोडक्सनले आफ्नो दोस्रो वार्षिकोत्सबको क्रममा पासाङ डोल्मा पाखृनको “नाच्न मन लाग्यो मलाई” बोलको गीत सार्वजनिक गरेका छन । उक्त गीत आन्भी प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट सार्वाजानिक गरिएको छ ।

 

सुमिना लोको आवाज, जोगलाल लामाको संगीत र संगीत संयोजन, रहेको गीतलाई पासाङ डोल्मा पाखृनले लेखेकी हुन । दिपेश प्रधानले मिक्सीङ गरेको म्युजिक भिडियोलाई विशाल थापाले छायांकन,फराज अर्पणले कलर र सम्पादन, आन्भी प्रोडक्सनका अध्यक्ष , मोडल एंव निर्देशक अभि लामाले निर्देशन गरेका हुन ।

 

उक्त म्युजिक भिडियोमा अभि लामा,अनिता गोले, पूजा तामाङको अभिनय रहेको छ ।