२०८१ बैशाख १४ , शुक्रवार

विवाह गर्दै लोकगायिका भूमिका गिरी

सुनाखरी न्युज / भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् ।

 

केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् ।

 

सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गर्न लागेका हुन् ।