२०८१ बैशाख १४ , शुक्रवार

बहिनीसँग यौन गतिविधि गरेर ब्वाइफ्रेन्डलाई भिडियो पठाइदिने भक्तपुरकी २१ वर्षीया युवती पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । बहिनीसँग यौनजन्य गतिविधि गरेर ब्वाइफ्रेन्डलाई पठाएको आरोपमा एक युवती पक्राउ परेकी छन् ।

 

पक्राउ पर्ने भक्तपुरकी २१ वर्षीय युवती भएको प्रहरीले जनाएको छ । पक्राउ परेकी युवतीमाथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

 

नाबालिका बहिनीसँग यौन गतिविधि गरेर इमेलमार्फत ब्वाइफ्रेन्डलाई पठाइएको पाइएको र गुगलले इन्टरपोलमा खबर गरेपछि ती युवती पक्राउ परेकी हुन् । भिडियोमा यौन दुराचारको गतिविधि भएको इन्टरपोलले नेपाल प्रहरीलाई जनाएको थियो ।