२०८१ बैशाख १२ , बुधवार

सुष्मिता सेनले भनिन म निकै ठुलो हृदयाघातबाट बाँचेकी छु

सुनाखरी न्युज / बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन । प्रशंसकसँगको कुराकानीमा उनले आफूलाई सकारात्मक राखिरहेको र परिवारका सबै सदस्य आफूसँग भएको बताइन ।

 

सुष्मिताले लाइभ सेसनमा आफूमाथि के भएको थियो भनेर पनि कुराकानी गरेकी छिन ।उनले भनिन्, ‘म निकै ठुलो हृदयाघातबाट बाँचेकी छु । निकै ठुलो हृदयाघात भएको थियो । मुख्य धमनीमा ९५ प्रतिशत ब्लकेज थियो । यो मेरो जीवनको एक चरण थियो र यो सिद्धियो । मेरो मनमा अब कुनै कुराको डर छैन ।’ यसका साथै सुष्मिता सेनले नानावती अस्पतालका डाक्टरलाई धन्यवाद दिएकी छिन ।

 

उनले थपिन्, ‘म अब कुनै पनि कुरालाई भिन्न तरिकाले हेर्न सकिरहेको छु । मेरो मनमा कुनै पनि खालको डर छैन । म सोच्छु कि मैले आफूसँग नै बाचा गर्नुपर्छ र केही कुरालाई एक कदम अघि बढेर हेर्नु पर्छ । ’