२०८१ बैशाख ७ , शुक्रवार

ओखलढुङ्गामा जीप दुर्घटना, २ जनाको मत्यु

सुनाखरी न्युज/ काठमाडौं । ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

 

चिसङ्खुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना हुँदा अन्य ९ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको छ ।

 

जीपमा ११ जना यात्रु थिए । दुर्घटनामा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको छ ।