२०८१ बैशाख ४ , मंगलबार

युनियन लाइफद्वारा ५० लाख रुपैयाँको बीमा दाबी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

 

कम्पनीको बुटवल शाखाले बीमित बिरेन्द्र पौडेलको असमायिक निधन भएकोले उनकि श्रीमती अमृता पौडेललाई बीमा दावी वापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीबाट स्वर्गिय बिरेन्द्र पौडेलले ५० लाख रुपैयाँको बीमा गरेका थिए । बीमा गरेको ३ महिनामै उनको मृत्यु भएकोले बीमा कम्पनीले उनको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रती हार्दिक सहानुभूति प्रकट गरेको जनाएको छ ।

 

कम्पनीले एक कार्यक्रममको आयोजना गरी लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यबम्सीले उनकि श्रीमति अमृता पौडेललाई बीमा दाबी बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।