२०८० चैत्र १५ , बिहिवार

एम्बाप्पे बने पिएसजीका उच्च गोलकर्ता

सुनाखरी न्युज/ काठमाडौं । किलियन एम्बाप्पे पिएसजीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । एम्बाप्पेले गएराती सम्पन्न खेलमा नान्टेजविरुद्ध गोल गर्दै पिएसजीका लागि सर्बाधिक गोलकर्ता बनेका हुन् ।

 

एम्बाप्पेले पिएसजीका लागि अहिलेसम्म २०१ गोल गर्दै यस्तो रेकर्ड बनाएका हुन् । यस अघि पिएसजीका लागि २०० गोल गर्दै उरुग्वेका एडीनसन कभानी उच्च गोलकर्ता रहेका थिए । एम्बाप्पे २०१७ देखि पिएसजीका लागि खेलिरहेका छन् । त्यसअघि उनी मोनाकोबाट खेल्ने गर्दथे । उनले पिएसजीका लागि २४७ खेल खेल्दै २०१ गोल गरेका छन् ।

 

पिएसजीका लागि कभानीले २०० गोल गर्दै दोस्रो स्थानमा झरेका छन् भने जलाटन इब्रहिमोभिचले १५६ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी नेइमारले ११८ गोल गर्दै चौथो र पोर्चुगलका पाउलेटाले १०९ गोपल गर्दै पाँचौं स्थानमा रहेका छन् ।