२०८१ बैशाख ७ , शुक्रवार

जागृति आमा समुहले बहुउद्देश्यीय भवन निर्माण गर्ने

शिशिर पौडेल/ पोखरा। पोखरा महानगरपालिका वडा नं १९ पुरूञ्चौर, चारघरेमा रहेको चारघरे जागृति आमा समुहले बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ।

 

भवन निर्माण स्थलमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङले भवनको शिलान्यास गर्नुभएको छ। आमा समुहले आयोजना गरेको कार्यक्रममा सदस्य गुरुङले समाजको चौतर्फी विकास र रूपान्तरणमा आमा तथा महिला दिदि बहिनीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो। उहाँले भवन निर्माणमा आफ्नो पुर्ण सहयोग रहने समेत स्पष्ट पार्नुभयो।

 

आमा समुहका अध्यक्ष विष्णुमाया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द् पाण्डेले महिला दिदि बहिनीको नेतृत्व तथा व्यक्तित्व विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा एमाले नेता दिपक पौडेल, गण्डकी प्रदेशका पुर्व सदस्य पुष्पा केसी भण्डारी, नेपाली कांग्रेसका नेता खिमलाल बास्तोला, युवा नेता माधव बास्तोला,इमानराज पौडेल, नेकपा एमाले वडा कमिटीका अध्यक्ष विष्णु प्रसाद गौतम, सचिव विकास गौतम,वडा सदस्य विकास आचार्य, कोमलप्रसाद बास्तोला ,जग्गादाता गोविन्द प्रसाद बास्तोला समुहका सचिव विना दाहाल बास्तोला लगायतले बोलेका थिए।

 

वडा तथा प्रदेश सरकारको आर्थिक सहयोगमा भवन निर्माण कार्य सम्पन्न गरिने बताइएको छ।