२०८१ बैशाख १४ , शुक्रवार

स्काई भोड्का सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का बजारमा सार्वजनिक गरेको छ ।

 

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवम् फरक स्वाद पस्किन बजारमा ल्याईएको प्रिमियम भोड्का ब्रान्ड हो । ५ पटक डिस्टिल गरि तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ टेस्ट छ, जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवम् मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ ।

 

उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध छ ।