२०८१ बैशाख ११ , मंगलबार

नेप्सेमा थपियो एक करोड भन्दाबढी बोनस शेयर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड भन्दाबढी बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेले प्रभु र सेञ्चुरी कमर्सियल बैंकको एक करोड २७ लाख ९९ हजार ६४ दशमलव ५८ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेमा अनुसार प्रभु बैंकको ६.५० प्रतिशत बोनस पछिको ८२ लाख ६० हजार ६५७ दशमलव ७१ कित्ता शेयर सूचीकृत भएको छ ।

त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनसपछिको ४५ लाख ३८ हजार १०६ दशमलव ८७ कित्ता शेयर सूचीकृत गराएको नेप्सेले जनाएको छ । यी दुई बैंक एकआपसमा मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् ।