२०८१ बैशाख ७ , शुक्रवार

तुलसीपुर दाङ्ग सुनचाँदी ब्यवसायी संघद्धारा स्थापना दिवस कार्यक्रम आयोजना

सुनाखरी न्युज
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको १० औ स्थापना दिवस २०७९ फागुन २० गते तुलसीपुर दाङ्ग सुनचाँदी ब्यवसायी संघले बिशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । तुलसीपुर दाङ्ग सुनचाँदी ब्यवसायी संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षतामा प्रमुख अथिति नेपाल सुनचाँदी ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष मोहन सुनार, बिशिस्ट अथिति महासंघका बरिस्ठ उपाध्यक्ष अर्जुन रसाईली , अथितिमा महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ , लुम्बिनी प्रदेशका सयोजक बुद्वि दियालि, महासंघका सदस्य लोक बहादुर स्वर्णकार , लुम्बिनी प्रदेशका कोषाध्यक्ष संजय सोनि प्रदेश सदस्य मदन केसि , कार्यसमिति पदाधिकारी र त्यस क्षेत्रका ब्यवसायीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरि मनायको हो । त्यसक्रममा संघका उपाध्यक्ष ईन्द्र वीर डाङ्गीले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव तुल्सीराम सुनारले गर्नु भएको थियो ।