२०८० चैत्र १६ , शुक्रवार

महासंघको १० औं बार्षिक उत्सवका अवसरमा मधेश प्रदेशले आयोजना गर्यो होलिमिलन समारोह

सुनारखी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको १० औं बार्षिक उत्सव समारोह शनिबार विविध कार्यक्रमकावीच सम्पन्न भएको छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ । यस अवसरमामा महासंघको मधेश प्रदेश द्वारा पनि १० औं स्थापना दिवस तथा होली शुभकामना कार्यक्रम आयोजना गरियो ।
महासंघका प्रवक्ता मनोज कुमार साहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । महासंघको मधेश प्रदेशका सभापति रामजी साहको सभापतित्वमा सम्पन सो कार्यक्रममा महासंघको स्थापना र त्यस यताका गतिविधीको बारेमा चर्चा गरिएको हो ।
कार्यक्रममा प्रमूख अतिथी साहले महासंघका विभिन्न गतिविधीका बारेमा प्रकाश पार्नुभयो । यस्तै सभापति साहले आम ब्यवसायीको अक अधिकारको सनिश्चितताकालागि महासघ लागि पर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
त्यसक्रममा उपस्थित ब्यवसायीहरुले सुनचाँदी ब्यवसायी र महासंघका विभिन्न पक्षबारे प्रकाश पार्नुभयो ।