२०८१ बैशाख १२ , बुधवार

चाउरीपन रोक्न के खाने ?

सुनाखरी न्युज/ काठमाडौं । हाम्रो उमेरसँगै कोलाजन कम हुँदै जाने भएकाले छालामा चाउरीपन तथा विभिन्न धर्सा देखिन्छन्। अमला, कागती, सुन्तलालगायत सिट्रस (अम्लीय) फलको प्रयोगले यसलाई नियन्त्रण गर्न सहयोग गर्छ। यी फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ।

 

सूर्यमुखी फूलको तेल, एभोकाडो र बदाममा पर्याप्त मात्रामा भिटामिन ई हुन्छ। छालाको बुढ्यौली रोक्न यसले सहयोग गर्छ। हाम्रो छालाका कोषका लागि आवश्यक एन्जाइमको मात्रालाई भिटामिन बीले बढाउँछ। जसकारण बुढ्यौलीको प्रक्रिया ढिलो हुन्छ। माछामासु, अन्डा, दूध, दही, हरियो सागसब्जी, ब्रोकाउलीमा भिटामिन बी पाइन्छ। जिन्कले कोषिकाहरूको झिल्लीलाई बलियो बनाउँछ। जसकारण छाला चाउरिन पाउँदैन। दूधजन्य पदार्थ, गेडागुडी, मकै, आल्मोन्डलगायतमा जिन्कको मात्रा प्रचुर हुन्छ।

 

भिटामिन एमा पाइने रेटिनलले चाउरीपन रोक्ने तथा छालालाई चमकदार बनाउने काम गर्छ। यसले छालालाई सूर्यका विकिरणबाट जोगाउन काम गर्छ। गोलभेँडा, तरबुजा र अम्बामा लाइकोपिनको प्रचुर मात्रा हुन्छ। यो एकखाले एन्टिअक्सिडेन्ट हो। जसले केही खास एन्जाइमलाई सक्रिय गराएर छालाको बुढ्यौली रोक्छ। बदाम, पास्ता, अंगुर र डार्क चकलेटमा रेस्वेराट्रोल प्रशस्त मात्रामा पाइन्छ। भिटामिन डी घामको प्रकाशबाट प्राप्त हुन्छ। यसले अल्ट्राभ्वाइलेट किरणबाट छालालाई बचाएर चाउरीपन र छालामा देखिने धर्साहरूलाई कम गर्छ। यो बेसारमा पाइने एक तत्व हो। यसमा सेल्युलर प्रोटेक्टिभ प्रपर्टिज हुन्छ, जसले छालालाई चम्किलो र स्वस्थ राख्छ।