२०८१ बैशाख १५ , शनिवार

एशियन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सुनाखरी न्युज/ काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले फागुन १८ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

 

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरि राख्ने सम्बन्धि सम्पूर्ण कार्य एनएमबि क्यापिटल माफृत हुनेछ । कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यस कमपनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

 

यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुगेको छ ।