२०८१ बैशाख ७ , शुक्रवार

फेरी उकालो लाग्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । आइतबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ।

 

शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ।