२०८१ बैशाख १३ , बिहिवार

सत्ता साझेदार दलको बैठक ४ बजे बस्दै

सुनाखरी न्युज/ काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ।

 

प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन र मन्त्रिमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।