२०८१ बैशाख ६ , बिहिवार

फेरी पनि भूकम्पको धक्का

Earthquake

सुनाखरी न्युज/ काठमाडौं । काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान आठ बजेर तीन मिनेटमा काभ्रे आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।

 

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ । भूकम्पको केन्द्रबिन्दु काभ्रे रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

यस्तै आजै अछाममा समेत भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर ३५ मिनेटमा अछाम केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।