२०८१ बैशाख ७ , शुक्रवार

होलीइभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

सुनाखरी न्युज/ काठमाडौं । आइएमई पे ले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरु सँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।

ग्राहक वर्गहरु लाई आफ्नो मित्रजन तथा परिवारसँग होलीमनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होलीइभेन्ट टिकटिङ सुबिधाप्रदान गरेको हो । आइएमई पेमाग्राहकवर्गहरुले ३ फरक–फरक होलीइभेन्टको टिकट प्राप्तगर्न सक्नुहुन्छ ।

सो इभेन्टहरु यस प्रकार छन्
कलरेल्ला, अन्नपूर्ण होटल
कलर स्प्ल्यास, द मल्लहोटल
होलीफिएस्ता २०२३, सिद्दार्थ बुटिक होटल

यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्यभन्दाथोरै मुल्यमापाउन सक्नुहुन्छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्रउपलब्ध छ ।

आइएमई पेको बारेमा
‘आइएमई पे’आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिमआई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा‘आइएमई पे’प्रदानगर्ने अनुमतिप्राप्त गरेको हो । यस्तो अनुमतिपाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो ।

 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राहीआफैले अथवाएजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्नकिसिमकाभुक्तानी सम्बन्धीकार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिकाबीचमाहुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरू माक्यु आर मार्फतभुक्तानीगर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परिक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्र्तगतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुलतथाकलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चिततथान्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपालीजनता लाई वित्तीय सेवाहरूको पहुँचउपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ ।मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।