२०८१ बैशाख ८ , शनिवार

जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्

सुनाखरी न्युज/ काठमाडौं । महान चाड फागू पूर्णिमाको सुखद् उपलक्षमा, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्” भन्ने नाराका साथ विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

नेपाल विज्ञापन संघ (आन)का पूर्व अध्यक्ष एवं वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई उत्सवको पर्व होलीको शुभकामना सहित होलीको रंग लगाइदिदै उहाँले “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्”भन्ने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारीहरुबिच आपसी भाईचाराको राम्रो विकास हुनुका साथै आपसमा थप खुसी र विश्वास बढ्ने बताउनुभयो ।

एक आपसमा रहेका मनमुटाबबिर्सिएर आपसी सम्बन्धलाई अझ सुमधुर बनाउने माध्यमको रुपमा यस चाडको छुट्टै विशेषता रहेको छ । परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।