२०८० चैत्र १६ , शुक्रवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न

देशभर विभिन्न कार्यक्रम आयोजना, महासंघले गर्यो अनाथ विद्यार्थीलाई सहयोग

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । २०७९ फागुन २० गते शनिबार महासंघको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक बिशेष समारोहकावीच स्थापना दिवस मनाइएको हो ।
त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले नेपाली परम्परा अनुसार दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभयो ।

त्यसक्रममा उहाँले माहासंघको स्तापना भएको १० बर्ष भैसेकेको भन्ज्दै यस अवधिमा महासंघले धेरै काम गरेको रबााकी काम पनि सवै मिलेर गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

त्यसक्रममा महासंघका कस्लाहकार तेजरत्न शाक्यले महासंघको स्थापना देखि हालसम्मका विभिन्न पक्ष बारे प्रकाश पार्नुभयो । यस्तै महासंघका संस्थापक अध्यक्ष एवं विशिष्ट सदस्य मणिरत्न शाक्यले महासंघको स्थपना र त्यस यताका उपलब्धीका बारेमा चर्चा गर्नुभयो । महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा महासंघका उपाध्यक्ष दियेस रत्न शाक्य तथा महेन्द्र रत्न शाक्य, सचिव किरण भाई बज्राचार्य, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतका विभिन्न पदाधिकारी एवं सदस्य तथा कर्मचारीहरुको सहभागिता थियो ।
यसैवीच महासंघले आफ्नो १० औं स्थापना दिवसकै अवसरमा शनिबार दिउँसो काठमाडौंको मूलपानि स्थित आमाको मायाँ छात्रावासका विद्यार्थीहरुलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी र खेलकुदमा सामाग्रि उपलब्ध गराएको छ । महासंघले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत अनाथ विद्यार्थीहरु रहेको सो छात्रावासलाई सहयोग गरेको हो । सो छात्रावासमा प्रमूख मदन चौधरीका अनुसार विभिन्न जिल्लाका ३० भन्दा बढी अनाथ विद्यार्थी उक्त छात्रावासमा आश्रित रहेका छन् ।

१० औं स्थापना दिवसकै अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यस अवसरमा विभिन्न प्रदेश महासंघ तथा जिल्ला तथा नगर संघहरुलले आ आफ्नो तरिकाले यो दिवस मनाएका छन् ।

 

 

२०७९ फागुन २० गते तुलसीपुर दाङ्ग सुनचाँदी ब्यवसायी संघले नेपाल सुनचाँदी ब्यवसायी महासंघको १० औ स्थापना दिवस मनायो । तुलसीपुर दाङ्ग सुनचाँदी ब्यवसायी संघका अध्यक्ष हरिकृष्ण बिककाे अध्यक्षतामा प्रमुख अथिति नेपाल सुनचाँदी ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष माेहन सुनार, बिशिस्ट अथिति महासंघका बरिस्ठ उपाध्यक्ष अर्जुन रसाईली , अथितिमा महासंघका काेषाध्यक्ष सुदिप श्रेष्ठ , लुम्बिनी प्रदेशका सयाेजक बुद्वि दियालि, महासंघका सदस्य लाेक बहादुर स्वर्णकार , लुम्बिनी प्रदेशका काेषाध्यक्ष संजय साेनि  प्रदेश सदस्य मदन केसि , कार्यसमिति पदाधिकारी  , प्रेस सल्लाहकार लक्ष्मण बिस्वकर्मार ब्यवसायी ज्युहरूकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरि मनायकाे । स्वागत ब्यवसायीका उपाध्यक्ष ईन्द्र वीर डाङ्गी र कार्यक्रम काे सहजिकरण महासचिव तुल्सीराम सुनारले गर्नु भएको थियो ।

 

 

यस्तै महासंघका उपाध्यक्ष शिव कुमार सर्राफको अध्यक्षतामा बारा सुनचाँदी ब्यवसायी संघले हर्षोल्लासको साथ स्थापना दिवस मनाएको छ ।

यस्तै यस अवसरमा प्रवक्ता साहको प्रमूख आतिथ्यता तथा मधेश प्रदेशका सभापति रामजी साहको अध्यक्षतामा मधेश प्रदेशले होली मिलन समारोहको आयोजना गर्यो ।