२०८१ बैशाख १३ , बिहिवार

ग्रीनसिटी हस्पिटलले गर्‍यो तिस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन

सुनाखरी न्युज/ काठमाडौं । ग्रीनसिटी हस्पिटलले तिस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भक्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो ।

 

अस्पतालले आर्थिक रूपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क अप्रेशन गरी नयाँ जीवन दिएको छ । अस्पताले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नुपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको अप्रेशनहरु निःशुल्क रूपमा गर्दै आएको छ । अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने, खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको जनाएको छ ।

 

शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा.रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताइन् । उनले अप्रेशन गर्न साधारण अवस्था नभए पनि सफलताका साथ गर्न सफल भएको भन्दै खुसी व्यक्त गरिन् । अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।