२०८१ बैशाख १४ , शुक्रवार

फुटपाथ सफाइ गर्दै महानगर

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो ।

 

फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ ।महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार फुटपाथलाई व्यवस्थित बनाउन महानगर प्रहरीले सुधारको अभियान अघि बढाएको बताए ।फुटपाथ निर्माण गर्दा बढी भएका ब्लक तथा निर्माण सामग्री, व्यवसायी तथा पसलेहरुले अतिक्रमण गरेर राखेको सामग्रीहरु हटाउन सुरु गरिएको उनले बताए ।

 

फुटपाथ अव्यवस्थित हुँदा सर्वसाधाण नागरिकलाई फुटपाथमा हिंड्न असहज हुनुका साथै सडक दुर्घटनाको जोखिम समेत रहेकाले फुटपाथ व्यस्थित अभियान सुरु गरेको महानगरको भनाइ छ ।