२०८१ बैशाख १३ , बिहिवार

साथीको विवाहमा जीवन बीमा उपहार !

सुनाखरी न्युज/ काठमाडौं । महेन्द्रनगर–८, धनुषा निवासी राजिवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिनु भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुलआलमले आफ्ना साथी राजिवकुमार पण्डितको यहीफागुन१७गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिनुभएको हो । प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवनबीमा योजनाउपहार दिनुभएको हो । आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्तउपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले बताउनु भयो । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दाजीवनबीमा योजना उपहार दिँदायसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्तगर्नु भयो । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताउनुभयो ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलमर बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहएवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । राजिव कुमार पण्डितको विवाह नेहाभारती सँग भएको थियो । दुलाहा राजिवकुमार पण्डित ग्लोवल आइएमइ बैंक कुमारीपाटी शाखामा कार्यरत हुनुहुन्छ ।