२०८१ बैशाख १४ , शुक्रवार

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ।

 

काठमाण्डौको कमलपोखरीस्थित बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रममा बिहान १० बजे राखिएको थियो। कम्पनीले गत फागुन ४ गतेदेखि फागुन १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको थियो। त्यस्तै ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

 

सीडीएससीका अनुसार अन्तिम दिनसम्म मोलुङ खोलाको आईपीओमा करिब १४ लाख २४ हजार ३५१ आवेदकबाट कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि खरिद आवेदन दिएका छन्। जसमा १४ लाख १७ हजार ३४६ आवेदकबाट माग भएको १ करोड ५४ लाख ७८ हजार ८५० कित्ता सदर भएको छ भने ७ हजार ५ आवेदकबाट माग भएको १ लाख ९५० कित्ता बदर भएको छ। मागभन्दा ६.८८ गुणा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्राथबाट बाँडफाँड गरिएको छ। गोलाप्राथबाट भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्ताभन्दा बढी आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये ११ लाख ९० हजार ८८१ जनाको हात खाली भएको छ। यो आईपीओको नतिजा केहीबेरपछि सार्वजनिक गरिएको छ।