२०८० चैत्र १६ , शुक्रवार

कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलको सेवामा आकर्षक छुट

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाण्डौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको प्रावधान गरेको बैंकले जनाएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 

बैंकले ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ।