२०८१ बैशाख १३ , बिहिवार

पीएनजीविरुद्ध सन्दीपले दिलाए पहिलो सफलता

सुनाखरी न्युज/ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत पीएनजीविरुद्धको खेलमा सन्दीप लामिछानेले आफ्नो स्पेलको पहिलो ओभरमै विकेट लिएका छन् ।

 

११ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले २६ रन बनाएर खेलिरहेका किप्लिन डोरिगालाई एल्बीडब्लु धरापमा पारेका हुन् । नेपाली बलरहरूले विकेट लिन नसकिएरहेका बेला सन्दीपले टोलीलाई खेलमा फर्काएका छन् ।

 

यो समाचार तयार पार्दासम्म पीएनजीले ११ ओभरमा १ विकेट गुमाएर ४४ रन बनाएको छ ।