२०८१ बैशाख १२ , बुधवार

पूर्व कुमारी बज्राचार्य राप्रपा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । पूर्व कुमारी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवेश गरेकी छन्।

 

बज्राचार्यलाई बिहिबार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताले खादा लगाएर स्वागत गर्दै पार्टीमा भित्राएका हुन्।बज्राचार्य विक्रम संवत २०६७ देखि २०७१ सम्म जिवित देवि अर्थात कुमारीको रुपमा पुजिएकी हुन्।

 

बज्राचार्यलाई पार्टीमा प्रवेश गराएपछि अध्यक्ष लिङदेनले पूर्व कुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन्।