२०८१ बैशाख ७ , शुक्रवार

दुनियाको सबैभन्दा ठूलो गोलभेँडा

सुनाखरी न्युज/ काठमाडौं । एउटा गोलभेँडाको गेडाको तौल कति होला ? कल्पना गर्न सक्नुहुन्छ, डेढ किलो तौल भएको गोलभेँडा ? बजारमा डेढ किलो गोलभेँडा किन्न एउटा प्लास्टिक भरि दर्जनौँ गोलभेँडाका गेडा बोकेर आउने हाम्रो लागि डेढ किलो तौल भएको एउटा गोलभेँडाकेा गेडाको विषय साँच्चीकै नौलो हो ।

 

यो हाम्रोलागि मात्र होइन विश्वभरकै लागि नौलो कुरा हो । बेलायतमा विश्वकै अहिलेसम्मकै ठूलो गोलभेँडा फलेको छ ।सामान्य गोलभेँडाको गेडाभन्दा १२ गुणा ठूलो यो गोलभेँडाको तौल तिन पाउण्ड अर्थात् १ किलो ३ सय ६० ग्राम छ ।

 

१० इन्च चौडा रहेको यो एउटै गोलभेँडाको सलाद वा अचारले पूरै ४ परिवारलाई पुग्छ । अर्थात् यसको एउटा टुक्राले पूरै एउटा बर्गरलाई भर्दछ ।यो भिमकाय गोलभेँडा फलाउने रुख सामान्य गोलभेँडाको रुख होइन । यो विशेष आनुवंशिक पद्धतिबाट विकाश गरिएको गिग्यान्टोमो नामक गोलभेँडाको रुख हो ।